साताको पहिलो दिन सुनको ८ सयले बढ्यो

245
  •  
  •  
  •  

gold-barsकाठमाडौँ, १७ असोज(ओएनएस) : साताको पहिलो दिन आइतबार सुनको भाऊ आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार छापावाल सुन प्रतितोला ८ सयले बढेको छ ।

शुक्रबार स्थित रहेर प्रतितोला ४९ हजार ५ सयमा बिक्री भएको सुन आइतबार प्रतितोला ८ सयले बढेर ५० हजार ३ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन पनि प्रतितोला ८ सयले बृद्धी भएर ५० हजार ५० रूपैयाँमा बिक्री भइरहेको छ ।

सुनको भाऊसँगै चाँदीको भाऊ पनि बढेको छ । शुक्रबारको तुलनामा चाँदीको भाऊ प्रतितोला २० रूपैयाँले बृद्धी भएर आइतबार प्रतितोला ७ सयमा बिक्री भइरहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •