सुनको भाऊ ६ सयले बढ्यो

208
  •  
  •  
  •  

gold

काठमाडौ, ५ चैत(ओएनएस) : आज बिहिबार सुनचाँदीको भाऊ प्रतितोला ६ सय रूपैयाँले बढेको छ । बुधबार प्रतितोला ५० हजार १ सय रहेको छापावाल सुनको भाऊ बिहिबार प्रतितोला ५० हजार ७ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको भाऊ पनि ६ सयले बढेर आज बिहिबार ५० हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको भाऊ पनि बुधबारको तुलनामा १० रूपैयाँले बढ्दै ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा त्यसको प्रभाव परेको व्यवसायीको भनाई छ ।


  •  
  •  
  •