सुनको मूल्य पचास हजार नाघ्यो

158
  •  
  •  
  •  

काठमाडौँ, ६ माघ(ओएनएस) : नेपाली बजारमा सुनको मूल्य ५० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य ५० हजार नाघेको हो ।

महासंघका अनुसार मंगलबार प्रतितोला ४९ हजार ९ सय रूपैयाँ रहेको छापावाल सुनको मूल्य आज बुधबार २ सय ५० रूपैयाँले बढेर ५० हजार १ सय ५० रूपैयाँ कारोबार भइरहेको छ । यस्तै, मंगलबार प्रतितोला ४९ हजार ६ सय ५० रूपैयाँ रहेको तेजावी सुनको मूल्य बुधबार प्रतितोला ४९ हजारमा बिक्री भइरहेको छ ।

तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज बजारमा चाँदीको मूल्य ६ सय ७५ रहेको छ ।


  •  
  •  
  •