सुनको मूल्य प्रतितोला ४९ हजार पुग्यो

263
  •  
  •  
  •  

 डिसेम्वरसम्ममा ४५ हजारसम्म झर्ने अनुमान 

images (5)काठमाडौं २२ कात्तिक (ओएनएस): शक्रवार सुनको मूल्य प्रतितोला ४९ हजार पग्यो । यो पाँच बर्ष अघिको बजार मूल्यको बराबर हो । विहीवार ४९ हजार १ सयमा कारोवार भएकोमा शुक्रवार ४९ हजार पुगेको हो ।

यससँगै सुन अझै सस्तो हुने सम्भावना बढेको छ । अमेरिकी डलर मजबुतहुँदै जाँदा यस्तो संकेत देखिएको हो । अन्तराष्ट्रिय बजारमा तेलको मूल्य घट्ने तथा अमेरिकाको अर्थतन्त्रमा सुधार आएपछि डलर अन्य मुद्राको तुलनामा बलियो भएको छ ।

विश्व बजारमा बहुमूल्य धातु सुनको मूल्य  ११ हजार ३ सय ७ दशमलव ४० डलर प्रति औंस पुगेको छ । यस अघि  साढे ४ बर्ष पहिल सुनको मूल्य सो विन्दुमा थियो ।

त्यसपछि सुनको मूल्य निरन्तर उकालो लागेको हो ।
सुनको मूल्य १ हजार १ सय डलर भन्दा कम मूल्यसम्म झर्ने अनुमान गरिएको छ । २०१५ को अन्त्यसम्ममा ८ सय डलर प्रति औंस पर्ने बताइएको छ ।

यदि विदेशी बजारमा सुनको मूल्य १ हजार १ सय डलरभन्दा कम भयो भने नेपालमा प्रतितोला ४५ हजारभन्दा कम हुन्छ । नेपालमा प्रति बर्ष २० हजार केजी सुन खपत हुने व्यवसायीहरु बताउँछन् ।
नेपालमा वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्ने गरेका छन् ।

सरकारले  सुनमा लगानी निरुत्साहित गर्न आयात कोटा तोकेको हो । लगानीको रूपमा पनि सुन खरिद गर्नेहरूको संख्या बढ्दै गएको व्यवसायीहरू बताउँछन ।अ न्तराष्ट्रि बजारमा सुनको मूल्यमा भारी गिरावट आएसँगै माग पनि घटेको छ ।

gold
gold

चीन र भारतमा पनि माग कम

सवैभन्दा बढी सुन खपत हुने राष्ट्र चीनमा पनि माग कम छ । त्यस्तै सुन सवैभन्दा बढी खपत हुनेको दोश्रो स्थानमा रहेको भारतको चालु खाता घाटा कम गर्नको लागि सुनको आयातमा बन्देज लगाए पछि खपत कम भएको छ ।

अन्तरराष्ट्रि बजारमा माग कम हुनुमा यी दुई राष्ट्रकबो विशेष भुमिका छ । भारतमा १ बर्षमका ९ सय टन सुन खपत हुने गरेको छ । २०२० सम्ममा १ हजार २ सय टन पुग्ने अनुमान गरिएको छ ।


  •  
  •  
  •