सूनको मूल्य घट्यो

223
  •  
  •  
  •  

काठमाडौँ, २८ पुस(ओएनएस) : आइतबार स्थिर रहेर सोमबार १ सयले बढेको सुनको मूल्य आज मंगलबार भने २ सयले घटेको छ । गत साता मात्र प्रतितोला २ हजार रूपैयाँले बढेको सुन आज मंगलबार घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंलगबार छापावाल सुन प्रतितोला ४९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ४९ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ६ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर घटबढ भइरहेकाले त्यसको पर्भाव अनुरूप नेपालमा पनि सुनको मूल्य घटबढ भइरहेको छ ।


  •  
  •  
  •