काठमाडौँ, २ चैत्र(ओएनएस) : साताको पहिलो दिन आइतबार स्थिर रहेको सुन साताको दोस्रो दिन सोमबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले घटेको छ । सोमबार बजारमा छापावाल सुन प्रतितोला ५५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन पनि ८ सयले घटेर प्रतितोला ५४ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आइतबार स्थिर रहेको थियो भने सोमबार भने प्रतितोलामा ५ रूपैयाँमा घटेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ७ सय २५ रूपैयाँमा बिक्री भइरहेको छ ।