काठमाडौ, २४ भदौ(ओऐनएस) : बिहिबार सुनको भाऊ ह्वात्तै घटेको छ । बिहिबार सुनको भाऊ ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ५० हजार ४ सय मा कारोबार भएको छापावाल सुनको मुल्य ६ सयले घटेर आज बिहिबार ४९ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, बुधबार प्रतितोला ५० हजार १ सय ५० मा कारोबार भएको तेजावी सुन आज बिहिबार ४९ हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
साथै, चाँदीको मुल्य पनि बुधबारको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेर ६ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।