सुनको मूल्य निरन्तर ओरालो, आज पनि घट्यो

166
  •  
  •  
  •  

gold-barsकाठमाडौँ, १४ जेठ(ओएनएस) : यो साता सुनको मूल्य निरन्तर ओरालो लागेको छ । यो साताको पहिलो दिन आइतबार प्रतितोला ५६ हजार रहेको सुनको मूल्य आज साताको अन्तिम दिन शुक्रबार प्रतितोला ५४ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ५५ हजार रहेको छापावाल सुनको मुल्य ६ सयले घटेर आज शुक्रबार ५४ हजार ४ सयमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन पनि प्रतितोला ६ सय रूपैयाँले घटेर ५४ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि निरन्तर ओरालो लागिरहेको छ । बिहीबार प्रतितोला ७ सय ६० रूपैयाँ प्रतितोला रहेको चाँदी आज शुक्रबार ७ सय ५० रूपैयाँ प्रतितोलामा बिक्री वितरण भइरहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •