६ सयले घट्यो सुनको मूल्य

161
  •  
  •  
  •  

काठमाडौँ, २८ बैशाख(ओएनएस) : साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ । निरन्तर बढेर केही दिनदेखि पुन घट्न थालेको सुनको मूल्य पुन: आज पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ६ सयले घटेर ५५ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ५६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन पनि प्रतितोला ६ सयले घटेर ५५ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

साथै चाँदीको मूल्य पनि घटेको छ । आज बजारमा चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रूपैयाँ रहेको छ । महासंघका अनुसार चाँदी सोमबारभन्दा प्रतितोलामा १५ रूपैयाँले कमी आएको हो ।


  •  
  •  
  •