एक हप्तामा १६ सयले घट्यो सुन

304
  •  
  •  
  •  

goldकाठमाडौँ, १५ जेठ(ओएनएस) : सुनको मूल्य यो साता निरन्तर ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य प्रतितोला १ हजार ६ सयले घटेको छ ।

विश्व बजारमा सुनको मूल्य घट्दै जानुलाई यसको मुख्य कारण मानिएको छ । साताको आइतबार प्रतितोला ५६ हजारमा कारोबार भएको सुन साताको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा १ हजार ६ सयले घटेर ५४ हजार ४ सय पुगेको छ ।

साताको दोस्रो दिन सुनको मूल्य स्थिर रहेपनि मंगलबार भने २ सयले घटेर ५५ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, बुधबार प्रतितोला ७ सयले कमी आएको सुनको मूल्य बिहीबार पनि १ सयले घटेर प्रतितोला ५५ हजारमा कारोबार भएको थियो ।

यस्तै, साताको अन्तिम दिन शुक्रबार बिहीबारको तुलनामा प्रतितोला ६ सयले घटेर प्रतितोला ५४ हजार ४ सयमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा भएको उतारचढावका कारण आगामी साता पनि सुनको मूल्य उल्लेख्य रूपमा घट्न सक्ने अनुमान गरिएको छ ।


  •  
  •  
  •