काठमाडौँ, १८ चैत(ओएनएस) : सुनको मूल्य प्रतितोला ५ सयले घटेको छ । मंगलबारको तुलनामा सुन प्रतितोला ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार ५४ हजार ५ सय प्रतितोला रहेको छापावाल सुनको मूल्य आज ५ सयले घटेर प्रतितोला ५४ हजारमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन पनि ५ सयले घटेर ५३ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
साथै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला ७ सय २० रूपैयाँ रहेको चाँदी आज बुधबार १० रूपैयाँले घटेर प्रतितोला ७ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।