काठमाडौँ, १० चैत(ओएनएस) : साताको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सयले घटेको छ ।
आज बजारमा छापावाल सुन प्रतितोला ५ सयले घटेर ५५ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन पनि ५ सयले घटेर ५४ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
तर, चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज बुधबार चाँदी प्रतितोला ७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।