साताको पाँचौ दिन घट्यो सुनको मूल्य

216
  •  
  •  
  •  

काठमाडौँ, १६ पुस(ओएनएस) : छ दिनसम्म स्थिर रहेको सुनको मूल्य साताको पाँचौ दिन अर्थात् बिहिबार घटेको छ । गत साताको शुक्रबारदेखी स्थिर रहेको सुनको मूल्य आज बिहिबार प्रतितोला ३ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शूक्रबार १ सयले बढेर प्रतितोला ४८ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहिबार ३ सयले घटेर प्रतितोला ४८ हजार रूपैयाँमा कारोबार भइरहेको छ । साथै तेजावी सुनको मूल्य पनि प्रतितोला ३ सयले घटेर ४७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

तर, चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । चाँदीको मूल्य आज बिहिबार पनि प्रतितोला ६ सय ७५ नै रहेको छ ।


  •  
  •  
  •