सुनको मूल्यमा आज पनि गिरावट

248
  •  
  •  
  •  

काठमाडौँ, २९ पुस(ओएनएस) : मंगलबार २ सय रूपैयाँले घटेको सुनको मूल्य आज बुधबार ६ सय रूपैयाँले घटेको छ ।

गत साता मात्र प्रतितोला २ हजार रूपैयाँले बढेको सुनको मूल्य मंगलबार २ सयले र बुधबार ६ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंलगबार प्रतितोला ४९ हजार ७ सय रूपैयाँमा कारोबार छापावाल सुन आज बुधबार प्रतितोला ४९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार प्रतितोला ४९ हजार ४ सय ५० रूपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ४८ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

तर, चाँदीको मूल्य भने लामो समयदेखी स्थिर रहेको छ । चाँदी प्रतितोला ६ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।


  •  
  •  
  •