एकैदिन ८ सयले घट्यो सुनको मूल्य

158
  •  
  •  
  •  

काठमाडौँ, ४ फागुन(ओएनएस) : गत साता प्रतितोलामा ३ हजार रूपैयाँले बढेको सुनको मूल्य आइतबार स्थिर रहँदै सोमबार र मंगलबार घटेको छ । सोमबार प्रतितोला १ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला ८ सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंलगबार छापावाल सुन प्रतितोला ८ सयले घटेर ५४ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन पनि प्रतितोला ८ सयले घटेर ५४ हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदीको मुल्य आज मंगलबार प्रतितोला १० रूपैयाँले घटेर ७ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •