आज पनि घट्यो सुनको मूल्य

513
  •  
  •  
  •  

काठमाडौँ, १० चैत(ओएनएस) : साताको पाँचौ दिन आज बिहीबार सुनको मूल्य ५ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५५ हजारमा कारोबार भएको छापावाल सुन प्रतितोला ५ सय रूपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ५४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन पनि बुधबारको तुलनामा प्रतितोला ५ सयले घटेर बिहीबार ५४ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

साथै, चाँदीको मुल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ । महासंघका अनुसार आज बिहीबार चाँदी प्रतितोला ७ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •