सुनको मूल्य बढ्दै, साताको पहिलो दिन पनि बढ्यो

291
  •  
  •  
  •  

काठमाडौँ, १९ वैशाख(ओएनएस) : साताको पहिलो दिन आज आइतबार पनि सुनको मूल्यमा बृद्धी भएको छ । गत साताभर १५ सयले बृद्धी भएको सुनको मूल्य आज आईतबार पुनः ५ सयले बढेको छ । गत सातादेखी सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सयले बढेर ५७ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ५ सयले बढेर ५६ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य गत साताको तुलनामा प्रतितोला ५ रूपैयाँले बृद्धी भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ८ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ ।


  •  
  •  
  •