सुनको भाउ तोलामा पाँच सयले घट्यो

69
  •  
  •  
  •  

काठमाडौं । सुनचाँदीको भाउ मंगलबार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि आज घटेको छ । मंगलबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २२५ रुपैयाँमा किनबेच हुँदैछ । सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २४५ रुपैयाँ तोकिएको थियो ।


  •  
  •  
  •