सुन किन्दै हुनुहुन्छ ? केही दिन कुर्नुहोस्

357
  •  
  •  
  •  

काठमाडौं, २० कात्तिक (ओएनएस) : सुन किन्दै हुनुहुन्छ भने अझै केही दिनकुर्नुहोस , किनकी सुनको मूल्य अझै घट्दैछ ।

केहिदिन देखि निरन्तर ओरालो लागेको यो बहुमूल्य धातुको  मूल्य अझै घट्ने संकेत देखिएको छ ।  सूनको मूल्य प्रतितोला ४५ हजार रुपैयाँसम्म पुग्ने नेपाल सुन चाँदी तथा आभुषण महासंघका अध्यक्ष रमेश मर्हजन बताउँछन् ।

यता नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्य भने सुनको मूल्य ४८ हजारसम्म  मात्र झर्ने धारणा राख्छन् ।  ‘अन्तराष्ट्रिय बजारको अवस्था हेर्दा नेपाली बजारमा सूनको मूल्य ४८ हजारसम्म पुग्ने अनुमान गरिएको छ’ उनले भने ।
केही दिन यता नेपाली बजारमा सुनको मूल्य नितरन्तर घट्दै गएको छ ।  यो ५ बर्षअघिको सूनको बजार मूल्य हो । ५ बर्ष अघि सुनको मूल्य ४ ५ हजारको हाराहारीमा थियो ।

अन्तरराष्ट्रिय बजारमा सुनको माग र मूल्य घटेपछी नेपाली बजारमा पनि यसको प्रभाव देखिएको व्यसायीहरु बताउँछन् । त्यस्तै पेट्रोल डिजेलको मूल्य घट्नुले पनि सुनको मूल्य घटेको उनले बताए ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार विहीवार सुनको मूल्य ४९ हजार १ सय प्रतितोलामा कारोवार भएको छ । यस अघि २०७० असार २६ गते सुनको मूल्य ४९ हजार तीन सय तीन रुपैयाँमा झरेको थियो । त्यसपछि सुनको मूल्य निरन्तर उकालो लागेर ६२ हजार नाघेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रति औंस ११ सय ७४ डलरको हाराहारीमा मा कारोबार भइरहेको छ । अमेरिकाको अर्थतन्त्रमा सुधार आउनुपनि सुनको मूल्य बट्नुको कारण भएको नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष मर्हजनले जानकारी दिए ।

 

अमेरिकी डलरको अधिमूल्यनसँगै सुनको मागमा कमी आएपछि मूल्य घट्ने क्रम सुरु भएको शाक्यले जानकारी दिए ।  त्यस्तै अमेरिकाको संघीय बैंकले जारी राखेको ऋणपत्र खरिद कार्यक्रमलाई कटौती गरेपश्चात यसले अमेरिकी अर्थतन्त्र बलियो बनेको छ यसले डलर अझ मजुबत रही सन् २०१५ देखि बैंक ब्याजदर बढ्ने संकेत देखिएको छ ।
‘अमेरिकाको सेयर मार्केट पनि बलियो हुँदै गएकाले अहिले लगानीकर्ताहरु त्यसतर्फ आकर्षित हुँदैछन्  उनले भने  यही अवस्था रहने हो भने नेपाली बजारमा सुनको मूल्य अझ कम हुनसक्छ’ ।

असोजको शुरुवातदेखि नै  नेपालमा मूल्यमा गिरावट आउन थालेको थियो । सुनको मूल्य कम भएपनि व्यपार भने सोचेजस्तो नभएको व्यवसायीहरु बताउँछन् । अहिले विवाहको सिजन नजिकिए पनि उपभोक्ताहरु पर्ख र हेरका अवस्थामा रहेकोले व्यापार राम्रो नभएको उनीहरुको भनाई छ ।

‘उपभोक्ताहरु सूनको मूल्य अझै घट्छकी भनेर कुरीरहेका छन्, अध्यक्ष मर्हजनले भने सुनको मूल्य फेरी उकालो लाग्न थालेपछी मात्र किन्न थाल्छन् ।’ तर हरेक बर्ष मंसिर सुरु भएपछी भने सुनको व्यापार दोव्बरले बढ्ने गरेको छ । विवाहको सिजनमा नेपालमा दैनिक ४० देखि ५० केजी सुन विक्री हुन्छ ।

त्यस्तै अन्य समयमा दैनिक २० केजिसम्म सुन कारोवार हुने व्यवसायीहरु बताउँछन् । धन्तेरसका दिन भने देशभर करिब १० करोड को सुनको विक्री हुने गरेको छ ।


  •  
  •  
  •