सुनको भाउ बढ्यो

266
  •  
  •  
  •  

काठमाडौं । बुधबार सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँ बढेकोे छ । सुनको भाउ बढेर तोलाको ७३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गएको ९ गते सुन अहिलेसम्मकै महंगो तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घट्दै गएको सुनको भाउ बुधबार पुनः ९ गतेकै भाउमा पुगेको हो । यसअघि मंगलबार तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ७२ हजार ५ सय रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक गतिरोध बढेकाले भाउ बढेको महासंघले जनाएको छ ।

यस्तै, चाँदी तोलामा ४५ रुपैयाँ बढेर तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •