सुनको मूल्य बढ्यो

301
  •  
  •  
  •  

काठमाडौं,१२ पुस (ओएनएस):  अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य तीन सय रुपैंयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ५५ हजार प्रतितोलाका दरले कारोबार भएको सुनको मूल्य बुधबार ५५ हजार ३ सय पुग्यो । त्यस्तै चाँदीको मूल्य प्रति तोला ५ रुपैंयाँले वृद्धि भएको छ। महासंघका अनुसार अघिल्लो दिन ७३० प्रति तोला रहेको चाँदीको मूल्य बुधबार ७३५ पुगेको हो।


  •  
  •  
  •