स्याऊ बोकेको कन्टेनरबाट २३ किलो सुन बरामद

320
  •  
  •  
  •  

gold
gold

काठमाडौ, १ पुष(ओएनएस) : तातोपानी भन्सारबाट सिलबन्दी गरेर काठमाडौतर्फ आउँदै गरेको स्याऊ बोकेको कन्टेनरबाट प्रहरीले २३ किलो सुन बरामद गरेको छ ।

काठमाडौतर्फ आउँदै गरेको ना २ ख ५०५८ नम्बरको कन्टेनरबाट प्रहरीले राती १२ बजे उक्त सुन बरामद गरेको हो । सिन्धुपालचोक र काभ्रेका विभिन्न स्थानका चेकपोष्ट पार गर्दै भक्तपुर आईपुगेको कन्टेनरबाट सुराकीका आधारमा प्रहरीले सुन नियन्त्रणमा लिएको थियो ।

कन्टेनरमा फल्स बटन बनाएर कालो प्लाष्टिकभित्र सुन राखिएको प्रहरीले जनाएको छ । प्रहरीले कन्टेनर चालकसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


  •  
  •  
  •