सुनको भाउ प्रतितोला ३ सयले घट्यो

79
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ ३ सयले घटेको छ । शुक्रबार ३ सयले घटेर सुन तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण स्थानीय बजारमा सुनको मूल्य घटेको महासंघले जनाएको छ ।

स्थानीय बजारमा सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ । आज प्रति तोला चाँदीको मूल्य ८ सय ६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।


  •  
  •  
  •