सुनको भाउ बढ्यो

53
  •  
  •  
  •  

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला ६९ हजार नौ सय रुपैयाँ रहेको सुन तोलामा ११ सय वृद्धि भएको हो । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७१ हजार र तेजावी सुन प्रतितोला ७० हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला ८ सय ३५ रुपैयाँ रहेको चाँदी आइतबार तोलामा पाँच रुपैयाँ वृद्धि भएर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको हो ।


  •  
  •  
  •