घट्यो सुनको भाउ

93
  •  
  •  
  •  

काठमाडौं । सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ६९ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य रु ६८ हजार ९०० निर्धारण गरिएको महासंघले जनाएको छ ।

सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार र तेजावी सुन रु ६९ हजार ७०० मा खरिदबिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले घटेको छ । स्थानीय बजारमा सोमबार चाँदी प्रतितोला रु ८२५ मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •