फेरि बढ्यो सुनको भाउ, तोलामा ७१ हजार

118
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ मंगलबार फेरि बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघ मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो ।

भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार गएको बिहीबारदेखि तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार बढेर ७१ हजार पुगेको हो ।

सुनको भाउ महँगो भएपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीले बताएका छन् ।  पोहोर यो बेलामा दैनिक ५० किलोभन्दा धेरै माग हुने गरेको सुन अहिले दैनिक ५ किलो पनि माग हुन छाडेको उनीहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ भैरहेका कारण नेपालमा पनि भाउ बढिरहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •