आठ किलो सुनसहित एक पक्राउ

61
  •  
  •  
  •  

 सिन्धुपाल्चोक, ६ भदौ (ओएनएस) : करिव आठ किलो सुनसहित तातोपानी भन्सार गेटबाट एकजना पक्राउ परेका छन् । जिल्लाको तातोपानी गाविस ९ छेदाङका साम्तेन दोर्जेलाई आठ किलो सुनसहित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म तातोपानीले पक्राउ गरेको हो दोर्जे चीनको खासामा बस्दै आएका थिए ।

उनले शरीरको विभिन्न भागमा बाँधेर लुकाई छिपाई नेपालतर्फ ल्याउन लागेको एक एक किलो तौलका सुनको आठ वटा ढिक्का (बिस्कुट) सहित दोर्जेलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको टोलीले तातोपानी भन्सारको पैठारी गेटमा जाँच गर्ने क्रममा उनलाई आठ किलो सुनसहित पक्राउ गरेको थियो । उक्त सुनको भन्सार दाखिला मूल्य तीन करोड ६० लाख रुपैयाँ रहेको छ ।


  •  
  •  
  •