सुनको भाउ अहिलेसम्मकै उच्च

250
  •  
  •  
  •  

काठमाडौं । बुधबार पनि सुनको भाउ बढेको छ ।  बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा निर्धारण गरिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको यो भाउ अहिलेसम्मकै महँगो हो ।  बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस २७ डलरले बढेको छ । मंगलबार प्रति औँस १४ सय ५९ डलरमा कारोबार भएको सुनको भाउ बुधबार प्रति औँस १४ सय ८६ डलर पुगेको हो ।

समिति संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस १५ सय डलरसम्म पुग्ने अनुमान छ ।

अहिले विश्वभरी नै अर्थतन्त्रमा समस्या बढेकाले सुनमा लगानीकर्ताको आकर्षण बढेको छ । सुनमा लगानीकर्ताको आकर्षण बढेसँगै भाउ महँगो भएको हो ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेरको छ । चाँदी तोलाको ८ सय १० रुपैयाँ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको मुल्य निर्धारण समितिले जनाएको छ ।


  •  
  •  
  •