एक किलो सुनसहित पक्राउ

292
  •  
  •  
  •  

रौतहट, २० वैशाख(ओएनएस) : रौतहट प्रहरीले शुक्रबार बिहान एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

फाइल तस्बिर

विषेश सूचनाका आधारमा प्रहरी टोलीले गौरस्थित बस पार्कबाट एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौर नगरपालिका, ५ का अनुुकेश कुमार साह रहेका छन् ।

लामो समयदेखि अबैध सुन व्यापार गर्दै आएको सुचनाका आधारमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट आएको रात्री बसबाट आर्लिदै गर्दा उनलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका साहमाथि थप अनुुसन्धान भइरहेको एसपी खत्रीले बताए ।


  •  
  •  
  •