सुनको भाउ भट्यो

201
  •  
  •  
  •  

काठमाडौं, १३ चैत(ओएनएस) : सुनको भाउ बुधबार तोलामा १०० ले घटेको छ ।

अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको हो । मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो ।

यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको छ ।


  •  
  •  
  •