सुनको भाउ बढ्यो

829
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । बिहीबार तोलाको ६० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा एक सय रुपैयाँ घटेर ५९ हजार ७ सयमा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महंगो भएको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

सुनको भाउ आज प्रति औंस १३ सय १९ डलर छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४० रुपैयाँ तोकिएको छ ।


  •  
  •  
  •