सुनको भाउ घट्यो

108
  •  
  •  
  •  

काठमाडौं, २ भदौ (ओएनएस) : सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेर किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ५४ हजार ३ सय रुपैयाँ तोकेको छ । आइतबार छापावाल सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
तेजाबी सुनको भाउ पनि सोमबार तोलामा ३ सय रुपैयाँ घटेर ५४ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार तेजाबी सुन तोलाको ५४ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
सोमबार चाँदी तोलामा १० रुपैयाँ घटेर ८ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलाका ८ सय १० रुपैयाँमा किनबेच भएको थियो ।


  •  
  •  
  •