
काठमाडौं । सुनको भाउ थप महँगिएको छ । छापावाला सुनको भाउ आज एकैदिन १ हजार ८०० रुपैयाँले बढेको छ ।
बुधबारका लागि छापावाला सुनको भाउ १ लाख ३३ हजार रुपैयाँ तोकिएको छ । जुन, हालसम्मकै उच्च हो ।
अघिल्लो दिन भने नेपाली बजारमा १ लाख ३१ हजार २०० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो । यस्तै, आजका लागि तेजावी सुनको भाउ १ लाख ३२ हजार ३५० रुपैयाँ तोकिएको छ ।
यस्तै, साताको चौंथो कारोबार दिन चाँदीको भाउ पनि बढेको छ ।
आज प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ६१० रुपैयाँ कायम भएको छ । मंगलबार भने १ हजार ५४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।