काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरि उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजर सुनको मूल्य बढेर १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ।
आइतबारको तुलनामा मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो। आइतवार छापावाला सुनको मूल्य १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको १५ सय ४५ रुपैयाँ रहेको महासंघले जनाएको छ।