काठमाडौं । नेपाली बजारमा सुनको भाउले आज पनि रेकर्ड ब्रेक गरेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन हिजो (मंगलबार) प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज एकैपटक एक हजार ६ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
मंसिर महिना लागेसँगै सुनको मूल्य आकासिँदै गएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा एक लाख १८ हजार ७५० पुगेको रुपैयाँ पुगेको छ । मंगलबार एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेर हालसम्मकै उच्च एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो प्रतितोला एक हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो ।