काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका र फरारसहित गरी २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ।
आइतबार सरकारी वकिल कार्यालय काठमाडौंले ३ अर्ब ५० करोड ३० लाख बिगो दाबी गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
सुन प्रकरणमा ५० जना संलग्न रहेको सिआइबीको निष्कर्ष थियो। ५० मध्य ३२ जना पक्राउ परेका थिए। पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो।