सुन हालसम्मकै महङ्गो

51
  •  
  •  
  •  

काठमाडौं । सुनको मूल्य हाल सम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार सुन तोलामा २ हजार ९०० रुपैयाँ बढेर सुन हालसम्मकै महङ्गो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

नेपाली बजारमा सुनको मूल्यले यसअघि माघ १९ गते सर्वाधिक उच्च अंकको रेकर्ड राखेको थियो। माघ १९ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको असर नेपाली बजारमा देखिएको सुनचाँदी व्यवसायी संघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतिऔंस ३.४७ प्रतिशतले बढेको थियो।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here