सुनको भाउमा गिरावट

82
  •  
  •  
  •  

काठमाडौं, ३० साउन (ओएनएस) : सुनको भाउ यो हप्ता तोलामा ४ सय रुपैयाँले घटेको छ ।

आइतबार र सोमबार तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएकोमा मंगलबार भाउ घटेर ५४ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
बुधबार बढेर ५४ हजार ८ सय ५० रुपैयाँ पुगेकोमा बिहीबार पनि त्यही भाउमा कारोबार भएको थियो । शुक्रबार भने तोलामा २ सय ५० रुपैयाँ घटेर ५४ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि हप्ताभरमा तोलामा १० रुपैयाँ घटेको छ । आइतबार र सोमबार चाँदी ८ सय २० रुपैयाँ तोलामा कारोबार भएको थियो । बिहीबारदेखि भने चाँदी ८ सय १० रुपैयाँ तोलामा किनबेच भइरहेको छ ।


  •  
  •  
  •