दोस्रो दिन पनि सुनको भाउमा गिरावट

113
  •  
  •  
  •  


काठमाडौं । शुक्रबार पनि सुनको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो। बिहीबार पनि सुनको भाउ समान रकमले घटेको थियो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा झरेको छ। तेजावी सन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ पनि बिहीबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।


  •  
  •  
  •