
काठमाडौं । मंगलबार सुनको मूल्य भाउ बढेकाे छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा १०० रुपैँयाले बढेको हो ।
सोमबार प्रतितोला ९२ हजार ५०० रुपैँयामा कारोबार भएको सुन मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैँयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैँया रहेको छ ।यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । साेमबार चाँदीको कारोबार प्रतितोला १ हजार २५५ रुपैँयामा भएको थियो ।