काठमाडौं, २५ साउन (ओएनएस) : हप्ताको पहिलो दिन सुनचाँदीको भाउ केही घटेको छ ।
शुक्रबार तोलामा ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ५५ हजार रुपैयाँमा किनबेच भैरहेको छ ।
चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर ८ सय २० रुपैयाँ कायम भएको सुन व्यवसायी तेजरत्न शाक्यले बताए । उनका अनुसार हिजोआज सुनको कारोबार बढेको छ ।
नजिकिदै गरेको तीजका कारण सुनको गरगहना अडर दिने र खरिद गर्नेहरुको संख्या बढेको हो । सुनको कारोबार अझै बढ्दै जाने शाक्यले बताए। सुनको कारोबार अहिले बढेर दैनिक २५ किलोसम्म पुगेको र यो क्रम बढ्दै जाने शाक्यको भनाई छ ।
यही महिनाको सुरुवातमा २० किलो भन्दा कम सुनको कारोबार हुने गरेको थियो ।