सुनको भाउ तोलामै १,६०० रूपैयाँले घट्यो

61
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउमा मंगलबार भारी गिरावट आएको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ ।
छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि ओरालो लागेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ९०० रुपैयाँ तोकिएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २५५ रुपैयाँमा किनबेच हुँदैछ । सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २७० रुपैयाँ पुगेको थियो ।
यसैगरी अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घटेको छ ।


  •  
  •  
  •