सुनको भाउमा वृद्धि

163
  •  
  •  
  •  


काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० कायम भएको छ। छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो।
महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० छ। तेजाबी सुन शुक्रबार प्रतितोला ९१ हजार २०० मा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो।


  •  
  •  
  •