तोलामा ७ सयले सस्तियो सुन, साढे ९० हजारमा कारोबार हुँदै

83
  •  
  •  
  •  

काठमाडौं । सुनको मूल्य बिहीबार प्रतितोला ९० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार फेरि सातसयले घटेर साढे ९० हजार कायम भएको हो। चाँदीको मूल्य भने तीन दिनयता प्रतितोला एक हजार २ सय रुपैयाँमा स्थिर रहेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुनमा थोरै गिरावट आएको छ । सुन  प्रतिऔंस १७९१ .९५ डलरमा कारोबार भएको छ ।  चाँदीको मूल्य प्रतिऔंस २३ .८६ डलरमा रहेको छ । बुधवार सुन प्रतिऔंस १८०३ २२ डलर र चाँदी  प्रतिऔंस २३ ७२ डलरमा कारोबार भएको थियो ।


  •  
  •  
  •