सुनको मूल्य स्थिर

126
  •  
  •  
  •  

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन सोमबार १ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमवार प्रतितोला १२ सय ८५ मा कारोबार भएको चाँदीको मूल्य मंगलवार १० रुपैयाँले घटेको हो। मंगलबार चाँदी १२ सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।


  •  
  •  
  •