सुनको भाउ घट्यो

173
  •  
  •  
  •  


काठमाडौं । आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर छ। सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, आइतबार चाँदीको भाउ भने स्थिर छ। यस दिन चाँदी अघिल्लो दिनको मूल्य अर्थात प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।


  •  
  •  
  •