तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

76
  •  
  •  
  •  

काठमाडाैं । आइतबार सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९४ हजार १०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार ४०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ७०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ६०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला रू. १ हजार ३४० मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार ३५५ खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. १५ ले बढेको हो ।


  •  
  •  
  •