सुनको भाउ ९ सय रुपैयाँले बढ्यो

69
  •  
  •  
  •  


काठमाडौं । सुनको भाउ ९ सय रुपैयाँले बढेको छ । गएको शुक्रबार तोलामा ९१ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर १३ सय ५० रुपैयाँ पुगेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गए पछि अहिले सुनको कारोबार ठप्प छ । तर, महासंघले अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको बजार भाउ भने तोक्दै आएको छ ।


  •  
  •  
  •