सुनचाँदीको भाउमा गिरावट

99
  •  
  •  
  •  


काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज सुन तोलाको ३ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १२ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।


  •  
  •  
  •