सुनको भाउ तोलामा ९ सयले घट्यो

55
  •  
  •  
  •  


काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ आज घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको जनाएको छ ।
बिहीबार सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ ।

गएको आइतवार चाँदीको भाउ तोलामा १३ सय १० रुपैयाँ तोकिएको थियो।


  •  
  •  
  •